काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘कार पुलिङ’ शुरू गरेको छ।
इन्धन कटौतीपछि एउटै क्षेत्रका कर्मचारीहरूले आलोपालो गरेर सवारी साधन चलाउन थालेका हुन्। उनीहरूले कार्यालय जाँदा आउँदा एउटै क्षेत्रका कर्मचारी साथीहरूलाई ल्याउने, लैजाने गर्नुपर्ने काठमाडौं महानगरपालिका नगर प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
‘विश्वभर इन्धनको अभाव भएको बेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाउन सक्ने उनको भनाइ छ । त्यसर्थ इन्धनजन्य सम्भावित समस्या आउन नदिन ‘कार पुलिङ्’ कार्यक्रम कार्यान्वयनमा ल्याएको उनले बताइन् ।
‘कार पुलिङ्’ कार्यक्रम अन्तर्गत बसोबास क्षेत्रका आधारमा एउटै ठाउँबाट आउने जाने अधिकारीहरूको समूह बनाइएको छ।




प्रतिक्रिया