काठमाडौं, २९ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमध्ये प्रधानमन्त्री शाहले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रकम रहेको उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले उक्त रकमको स्रोत सामाजिक सञ्जाल उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले आफ्नो फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्स (ट्वीटर) मा ५ लाख फलोअर्स रहेको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले सुन, चाँदी र हिरालगायतका गरगरहना १९० तोला गरगहना रहेको पनि खुलाएका छन् । उनले उक्त सम्पत्ति प्राप्तिको स्रोत भने पैत्रिक सम्पत्ति रहेको बताएका छन् ।




प्रतिक्रिया