काठमाडौं, २९ चैत । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरीले दिन खोजेको पिर्के सलामी अस्वीकार गरेका छन् । चितवन हुँदै नवलपुर पुगेका गृहमन्त्री गुरुङलाई पिर्कामा चढाएर सलामी दिने दिने त्यहाँस्थित सशस्त्र प्रहरी बलको तयारी रहेको थियो ।
गृहमन्त्रीको सलामीका लागि व्यारेकको प्राङ्गणमा पिर्कासमेत तयारी अवस्थामा थियो । तर, गृहमन्त्री गुरुङले अस्वीकार गरेपछि सशस्त्रले तयार पारेको पिर्के सलामी अलपत्र परेको हो । विगतमा गृहमन्त्री मात्रै नभएर मन्त्री, प्रदेशका मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख समेतले पिर्के सलामी लिएर चर्चा र विवादमा आएका थिए ।




प्रतिक्रिया