गृहमन्त्रीले डिलेट गरे सम्पत्ति विवरणबारे लेखेको पोस्ट


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणबारे सामाजिक सञ्जालमा दिएको टिप्पणी हटाएका छन् ।

मन्त्रीहरूको सम्पत्ति कल्पना गरिएभन्दा धेरै देखिएको भन्दै चर्चा हुन थालेपछि त्यसको जवाफ दिँदै उनले आफू सरकारमा आउनुअघि कमाएको सम्पत्ति कुनै ‘पाप’ नभएको टिप्पणी गरेका थिए ।

उनको त्यो अभिव्यक्तिको भेरैले चर्को आलोचना गरेको । आलोचना बढ्दै गएपछी गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट त्यो पोस्ट नै हटाएका छन् ।

आइतबार सार्वजनिक गरिएको सबै मन्त्रीहरूको सम्पत्ति विवरणमा सुन, चाँदी लगायतका गरगहना धेरै देखिएको थियो ।