चीनले भन्याे : अमेरिकी नाकाबन्दी ‘खतरनाक र गैरजिम्मेवार’


काठमाडौँ । चीनको विदेश मन्त्रालयले इरानी बन्दरगाहहरूमा लगाइएको अमेरिकी नाकाबन्दीलाई “खतरनाक र गैरजिम्मेवार” कदम भन्दै कडा आलोचना गरेको छ ।

यो नाकाबन्दी अमेरिका र इरानबिच पाकिस्तानमा भएको शान्ति वार्ता असफल भएको एक दिनपछि सोमबार लागू गरिएको हो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पत्रकार सम्मेलनमा बोल्दै उक्त कदमले “तनाव झन् बढाउने र पहिले नै कमजोर रहेको युद्ध विरामलाई कमजोर पार्ने” बताएका छन् ।

उनले भने, “यो खतरनाक र गैरजिम्मेवारपूर्ण व्यवहार हो ।” स्ट्रेट अफ हार्मुज र खाडी क्षेत्रमा बढ्दो तनावबिच चीनले यस कदमप्रति चिन्ता व्यक्त गरेको हो ।

बीबीसीका कूटनीतिक संवाददाता जेम्स लन्डालका अनुसार चीनले इरानबाट ठुलो मात्रामा तेल आयात गर्ने भएकाले यस द्वन्द्व अन्त्य भई अन्तर्राष्ट्रिय बजारमा स्थिरता फर्कियोस् भन्ने स्वार्थ राख्छ । एजेन्सी