निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन कांग्रेसले थप्यो समय


काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ को प्रतिनिधि निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उजुरी दिन तोकिएको समय एक महिना थप गरेको छ।

आज बसेको अनुशासन समितिको बैठकले यसअघि २०८२ चैत मसान्तसम्म उजुरी पेश गर्न दिएको समयावधि बढाएर २०८३ वैशाख मसान्तसम्म पुर्‍याउने निर्णय गरेको अध्यक्ष तारामान गुरुङले बताए।

वैशाख मसान्तपछि प्राप्त हुने उजुरीमाथि कुनै पनि कारबाही नहुने कांग्रेसले जनाएको छ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्त भित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरिएकोमा सो को समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गर्दछ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही गरिने छैन,’कांग्रेसले भनेको छ ।