काठमाडौं, वैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे बस्ने तय भएको आजको बैठकमा संसदीय समिति सभापति चयनको विषयमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार आज संसदीय समितिका सभापतिहरूको निर्वाचनका लागि मनोनयन दर्ताको समय रहेकाले बैठकमा पार्टीका तर्फबाट उम्मेदवारीबारे छलफल हुनेछ । संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता गरेर भोली निर्वाचन गर्ने कार्यतालिका रहेको छ । सभामुख डोलप्रसाद अर्यालले २७ चैतमा भोली शुक्रबारका लागि संसदीय समितिका सभापतिहरूको निर्वाचन तोकेका थिए ।




प्रतिक्रिया