आजबाट खुलामञ्च गरियाे खुल्ला


काठमाडौं । आज(बिहिबार) बाट खुलामञ्च खुल्ला गरिएको छ । बिहिबार बिहान काठमाडौँ महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुलामञ्च खुल्ला गरिएको हो ।

योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि सर्वसाधारणका लागि खुलामञ्च खुल्ला गरिएकाे कार्यवाहक मेयर डंगोलले बताइन् । 

खुलामञ्च दुवो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने लगायतका काम प्रधानमन्त्री बालेन शाह काठमाडौँको मेयर हुँदा नै गरिएको थियो ।