काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर भ्रम नफैलाउन अनुरोध गरेका छन् ।
बिहीबार संघीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरुलाई सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरेका हुन् ।
उनले अहिले आएको सम्पत्ति विवरण आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको बताए ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८९ तोला सुन, करोडौँको सेयर लगानी रहेको पाइएको थियो ।




प्रतिक्रिया