गाँजालाई बालेन्द्र सरकारले वैधानिकता नदिए आन्दोलन गर्छु :भीम उपाध्याय


काठमाडौं । नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले गाँजालाई वैधानिकता दिनुपर्ने कुरामा जोड दिएका छन् ।

रिपोर्टस नेपालको साक्षात्कार कार्यक्रममा पत्रकार लक्ष्मी प्रसाद न्योपानेसँग कुराकानी गर्दै उनले नेपालमा गाँजा व्यवसायलाई खुला गराउन आवशयक रहेको बताए ।

पूर्व सचिव उपाध्यायले गाँजा वयसायलाई बालेन्द्र सरकार(बालेन) ले वैधानिकता नदिए आन्दोलन गर्ने समेत बताए । ‘म त लेखेरै आन्दोलन गर्ने हो । मेरो संगठीत आन्दोलन छैन । तर, म लेखिरहन्छु’ उनले भने ।

‘लगभग भैसकेको छ । काँग्रेस,एमाले, माओवादिले प्रक्रिया अगाडि बढाइसकेको हो । गाँजा तस्करको प्रभावले मात्रै रोकेको हो’ उनले भने ‘अहिलेको सरकार त कसैको प्रभावमा छैन । बाधा पुर्याउने तत्वहरु छैनन् । रविजी हुनुहुन्छ । होला यो प्राथमिकतामा अहिले नपर्न सक्छ ।’

उनले गाँजालाई वैधानिकता दिए लाखौँ युवाहरुले पनि रोजगार पाउने बताए ।

https://www.facebook.com/share/v/1SaHkrm4MZ/