ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु,दई जना उपचारमा


धनगढी । कैलालीमा ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु भएको छ । बिहीबार ब्रोइलर कुखुराको मासु खाएका चुरे गाउँपालिका–३ को भक्तपुर बस्ने ५ वर्षीय दीपक ताम्राकार र ८ वर्षीय भीम ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) कैलाश विष्टले दुवै जनाको उपचारका क्रममा शुक्रबार सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।

उनका अनुसार ब्रोइलर कुखुराको मासु खाएका मृतककी आमा २८ वर्षीया राधिका ताम्राकार र उनका कान्छा छोरा ३ वर्षीय दिपेश ताम्राकारको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीले मरेको ब्रोइलर कुखुराको मासु खाएरै उनीहरू बिरामी भएर मृत्यु भएको आशंका गरेको छ । यद्यपि आधिकारिक रूपमा पुष्टि भने नभएको प्रहरीले जनाएको छ ।