विराटनगर । अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।
शनिबार बिहान विराटनगर महानगरपालिका–१२ स्थित इस्टर्न स्टार होटलको सभा हलमा ‘लाफिङ बुद्ध’ सम्बन्धी धार्मिक कार्यक्रम सञ्चालन गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।
पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को वी हक र लोह ली पेङसहित ६ जना विदेशी नागरिक रहेका छन्।




प्रतिक्रिया