सरकारको ग्रिन सिग्नल पाएपछि लगानी र रणनीतिक प्राथमिकतामा अमेरिकी चासो बढ्यो


काठमाडौं, ५ वैशाख । अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीन दिने नेपाल भ्रमणका लागि आउने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारसँग संवादका लागि उनी अगामी सोमबार काठमाडौं आउन लागेका हुन् ।

प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएपश्चात अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल भ्रमण गर्ने पहिलो विशिष्ट पाहुना हुन् ।

भ्रमणका क्रममा उनले मन्त्रीहरूसँग भेटघाट गरी सहयोग, लगानी र रणनीतिक प्राथमिकताका विषयमा छलफल गर्ने बताइएको छ । सरकारी अधिकारीहरूका अनुसार अमेरिकी सहायक विदेशमन्त्री कपुरको भ्रमणलाई नेपालको नयाँ नेतृत्वसँग सहकार्य गर्न र क्षेत्रीय साझेदारीलाई अगाडि बढाउन अमेरिकाको बलियो चासोको रुपमा बुझिएको छ ।

यसअघिका सरकार बनेलगत्तै नेपालमा छिमेकी राष्ट्र भारत र चीनको निकै चासो हुने गर्थ्यो । नेपालका नवनियुक्त प्रधानमन्त्रीहरुले छिमेकी राष्ट्र भारत र चीनलाई निकै कूटनीतिक महत्वका साथ हेरेको पाइन्थ्यो । तर, सुशीला कार्की प्रधानमन्त्री भएर बालेन्द्र शाहसम्म आइपुग्दा नेपालको नेपालको राजनीतिकमा अमेरिका हाबी हुन थालेको चर्चा सुरु हुन थालेको छ ।