काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको उल्लेख गरे ।
उनले पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची भएको बताए ।
‘नेकपा (एमाले) का लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गभीर समिक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस् यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दा भित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कस्ले, किन चलाईरहेका हुन् ?’ उनले लेखेका छन् ।




प्रतिक्रिया