मन्त्रीहरूलाई ‘गोप्य आईफोन’ बाँडिएको खबर भ्रामक र कपोलकल्पित : सञ्चारमन्त्री


काठमाडौं, वैशाख ६ । सञ्चार तथा सूचनामन्त्री डा विक्रम तिमल्सिनाले मन्त्रीहरूलाई आईफोन दिने भनेर आएका समाचारहरू भ्रामक रहेको बताएका छन् । शनिबार यससम्बन्धी समाचारहरू बाहिर आएपछि आज बिहान सामाजिक सञ्जालमार्फत उक्त समाचारहरु भ्रामक रहेको भन्दै खण्डन गरेका छन् ।

‘सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने भ्रामक कथा कसको कल्पनामा किन निर्माण भयो?’ उनले लेखेका छन् ‘साथीहरु, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनियता सुनिश्चत गर्नुहोला।’

उनले यो सरकार नागरिकको करको पैसा दुरुपयोग गर्न नभई नागरिकलाई सुन्दर भविष्यको प्रत्याभूति दिलाउन आएको बताएका छन् ।