काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग आज छलफल गर्दैछ । छलफल दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ ।
कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।




प्रतिक्रिया