एमालेनिकट युवा संघका नेता निराजन पौडेल पक्राउ


काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघका नेता निराजन पौडेललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गुण्डागर्दीमा संलग्न आरोपमा उनलाई पक्राउ गरिएको हो ।

काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनी संलग्न रहेको प्रवक्ता भट्टराईले बताए ।

पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप पनि छ ।

उनलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।