बागमती प्रदेशसभा बैठक सुरु


मकवानपुर । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक करिब २ घण्टा ढिला गरी सुरु भएको हो ।

प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार प्रदेशसभाको आन्तरिक तयारीका लागि केही समय लाग्दा बैठक सञ्चालन ढिला भएको हो । बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने २ वटा विधेयक र सो विधेयक माथि परेका संशोधन प्रस्तावबारे छलफल हुनेछ ।