काठमाडौँ । पछिल्लो समय नेपालमा पेट्रोलियम पदार्थको मुल्य अस्वभाविक रुपमा वृद्धि भइरहेको छ । बजारमा पेट्रोलियम पदार्थसँगै दैनिक जीवनमा उपभोग गर्दै आइरहमको खाद्यान्नमा पनि उत्तिकै मुल्य वृद्धि भएको छ ।
मुल्य वृद्धिसँगै बजारमा विभिन्न थरिका टिकाटिप्पणी भइरहेको छ । यसैबिच सत्तापक्षकै सांसदले केराको मूल्यलाई लिएर सामाजिक सञ्जालबाट प्रश्न उठाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की धादिङबाट निर्वाचित सांसद आशिका तामाङले केराको मूल्यलाई लिएर सरकारको कटाक्ष गरेकी हुन् ।।
‘केरा नै केरा फल्ने देशमा एक दर्जनको रु. ३५०’ भन्दै उनले फेसबुकमा लेखेका छन् ।
अहिले केरालाई उपत्यकाका खुद्रा पसलहरूमा ३५० देखि ४०० रुपैयाँसम्ममा बेच्ने गरेको छ ।
केही महिना अघिसम्म केराको मुल्य प्रतिदर्जन १२० देखि १५० रुपैयाँ थियो ।




प्रतिक्रिया