रवि लामिछानेले गृहमन्त्री गुरुङलाई भने:’तत्काल राजिनामा दिनु पदैन’


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिनु नपर्ने बताएका छन् ।

आइतबार राति नै सभापति लामिछानेलाई भेट्न निवासमै पुगेका गृहमन्त्री गुरुङलाई तत्काल राजिनामा दिन नपर्ने बताएको रास्वपा निकट स्रोतले बतायो ।

सम्पत्ति शुद्धीकरण कसुरमा हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएको भन्दै समाचार आएपछि सभापति लामिछानेले गुरुङलाइ भेट्न बोलाएको थियो ।

लामिछानेले सुधनको बारेमा बजारमा आएको कुरालाई आन्तरिक पार्टीत्रित्र छानबिन गरेर मात्रै बाँकी निर्णय लिने बताएको स्रोतको दावी छ । पार्टीभित्रको आन्तरिक छानबिनमा गृहमन्त्री सुधनले पेश गरिएको सम्पति विवरण र शेयर खरिद ‘अवैद्य’ देखिए पार्टीले मन्त्रीबाट फिर्ता लिने तयारी गरेको स्रोतले जनाएको छ ।

यद्यपि स्रोतका अनुसार रास्वपाका सांसदहरुले नै सुधनलाई राजिनामा गराउन पार्टीभित्र दवाव बढाइरहेको छ । प्रधानमन्त्री बालेन साह सँगको छलफलपछि सभापति लामिछानेले सुधनलाई तत्काल राजिनामा गर्न नलगाउने तर निष्पक्ष छानबिन गर्नै निर्णय लिइएकोे हो ।

रास्वपाकै स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री बालेनले सहमति जनाए सुधनलाई फिर्ता बोलाएर सभापति रविले आफ्नो विश्वासपात्र दिपक बोहोरालाई गृहमन्त्री बनाउने तयारी समेत गरेका छन् ।

आज दिउँसो ३ बजे केन्द्रीय समितिको बैठकसमेत रास्वपाले राखेको हुँदा गुरुङबारे थप छलफल हुने बुझिएके छ ।