काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटघाट गरेका छन् ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका व्यापारी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएसँगै उनले पार्टीका उच्च पदाधिकारीहरुसँग भेटघाट गरेका हुन् ।
आइतबार समाचार बाहिरिएसँगै सभापति रवि लामिछानेलाई भेट्न निवासमै पुगेका गृहमन्त्री सुधनले आज(सोमबार) उपसभापति वाग्लेसँग पनि भेट गरिएको स्रोतले जनाएको छ । विवादित वयापारी भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे ।
स्रोतका अनुसार भेटमा गृहमन्त्री गुरुङले आफुले अवैद्य रुपमा शेयर खरिद नगरेको बताएका छन् । यसैबीच उनले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टिकरण दिँदै आफूमाथि उठेको प्रश्नका सन्दर्भमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।




प्रतिक्रिया