काठमाडौं । दुई प्रदेश सांसद सहितका ६ युवा नेताको टोली चीन प्रस्थान गरेको छ । चिनियाँ सरकारको वाणिज्य मन्त्रालयको निमन्त्रणा उनीहरु आज(मंगलबार)चीन प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीमा लुम्विनी प्रदेश सभाका सदस्यद्वय रत्न खत्री र निमा गिरी, राष्ट्रिय युवा परिषदका पूर्व उपाध्यक्ष सुरेन्द्र बस्नेत, अनेरास्ववियु नेता रक्षा बम, उमानाथ निरौला र शैलेस तिमिल्सिना रहेका छन् ।
भ्रमण टोलीले चीनमा रहँदा दिगो विकास, जैविक विविधता संरक्षण, वन कानुनको प्रभावकारी कार्यान्वयन लगायतका विषयमा आयोजना गरिने अन्तर्क्रिया तथा छलफलमा भाग लिने टोली सदस्य युवा परिषदका पूर्वउपाध्यक्ष बस्नेतले बताए ।
टोली विभिन्न कार्क्रमहरुमा भाग लिएर दुई सातापछि फर्कनेछ ।




प्रतिक्रिया