काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिन निर्देशन दिएका छन् ।
सोमबार भएको भेटमा तत्काल राजिनामा दिन नपर्ने भनिएपनि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि सभापति लामिछानेले तत्काल नैतिकताको आधारमा राजिनामा दिन निर्देशन दिइएको स्रोतले बतायो ।
स्रोतका अनुसार गृहमन्त्री सुधनले राजिनामा दिएपछि संसदीय समिति गठन गरेर छानविन गराउने र समितिको प्रतिवेदन आएपछि बाँकी कुरा हुनेछ ।
सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)लाई सुधनको राजिनामापछि गृह मन्त्रालय आफुमातहत नै राख्न अनुरोध गरेकाे छ । स्रोतका अनुसार प्रधानमन्त्री बालेनले पनि रविसँग सहमति जनाएका छन् । संसदीय छानविन समितिले सुधनलाई निर्दाेष सावित गरे पुन:गृहमन्त्री बनाउने बालेन-रविबीच सहमति भएको स्राेतकाे भनाई छ ।
सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका थिए ।




प्रतिक्रिया