काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार दिउँसो २ बजे च्यासलमा आयोजना गरिने ७७ औँ स्थापना दिवसको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।
चैत १४ गते गिरफ्तारमा परेका ओली १३ दिनपछि रिहा भएका थिए । पित्तथैलीको पत्थरीको शल्यक्रियापश्चात वैशाख ५ गते डिस्चार्ज भएका छन् ।
कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र,जनसंगठनका पदाधिकारी तथा केन्द्रीय सदस्य र शुभेच्छकलाई एमालेले आग्रह गरेको छ ।




प्रतिक्रिया