महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध परेका तीन वटै रिटमा आज सुनुवाइ


काठमाडौं, वैशाख १० । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेल विरुद्ध सर्वोच्च अदालतमा दायर भएका तीन वटा रिट निवेदन आथी आज सुनुवाइ हुने भएको छ ।

महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीनवटै रिटमाथिको सुनुवाइ आज हुन लागेको हो । अधिवक्ताहरू माधव बस्नेत, दीपकराज जोशीलगायतले महान्यायाधिवक्ता डा कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।

प्रधानमन्त्री वालेन्द्र शाहले गएको चैत २२ गते डा कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रधानमन्त्रीले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । महान्यायाधिवक्तामा नियुक्त हुन कम्तीमा १५ वर्ष कानुन व्यवसायी गरेको व्यक्ति हुनुपर्नेमा डा कँडेलको अनुभव नभएको रिट निवेदनमा उल्लेख छ ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ। प्रधानमन्त्री शाहले सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको व्यक्तिलाई महान्यायाधिवक्ता नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ।