केन्द्रिय सरकारको निर्णय बागमती प्रदेश सरकारले नमान्ने, निजीक्षेत्रका मिडियालाई पनि सूचना दिइने


हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रका मिडियालाई पनि दिइने बताएका छन् ।

नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री बानियाँले यो विषयमा आफूले प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि जानकारी गराएको बताए ।

‘लोकतन्त्रको मर्मअनुसार, भावनाअनुसार निजीक्षेत्रलाई सँगै लिएर जानु पर्ने कुरा प्रधानमन्त्रीलाई सम्झाएँ,’ बानियाँले भने, ‘मिडिया हाउसलाई, कानूनबमोजिम दर्ता गर्न पाउने, विज्ञापन दिन्न पाइन्नँ भन्न हुन्न, सायद केन्द्र सरकारले पनि पाउँदैन होला भनेँ ।’

बानियााले प्रमुख सचिवलाई यसबारे जानकारी गराइएको र बागमती प्रदेश सरकारमा टेन्डरबाहेक अरु सूचना निजी क्षेत्रलाई दिन निर्देशन दिइएको बताए । ‘