काठमाडौं । बुधबार प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएसँगै अहिले विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो ।
यसैबीचकाठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानैबाट सामान सारिरहेका छन् ।
प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो ।
सरकारले सनिबार बिहानदेखि सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी गरेको छ ।




प्रतिक्रिया