सरकारको विरोधमा थापाथलीमा प्रदर्शन


काठमाडौं । सरकारको विरोधमा थापाथलीमा प्रदर्शन भएको छ । सुकुमवासी बस्ती खाली गराउने सरकारको निर्णय विरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।

उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन लगायतका नारा लगागँदै प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले चुनावअघि रास्वपा सभापति रवि लामिछानेले बोलेको कुरालाई स्मरण गराउँदै छाती थाप्न आउन आग्रह गर्दै नारा लगाइरहेका छन् । प्रदर्शन राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भएको हो ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउने तयारी गरेको छ ।