काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध त्रिचन्द्र क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् । उनीहरूले क्याम्पस परिसरबाट विरोध प्रदर्शन गर्दै सरकारको यस्तो कदम पूर्णतः अनुचित र लोकतन्त्रविरोधी भएको बताएका छन् ।
विरोध प्रदर्शनमा सहभागी विद्यार्थीले लोकतन्त्रमा विद्यार्थी संगठन र उनीहरूको स्वतन्त्रता खोस्ने काम किमार्थ स्वीकार्य नहुने बताए ।
उनीहरूले वर्तमान सरकारको यस्तो तयारीले विद्यार्थीको शैक्षिक र राजनीतिक अधिकारलाई कुण्ठित पार्ने बताउँदै तत्काल यस्तो तयारी रोक्न माग गरेका छन् ।
क्याम्पस परिसरमा विद्यार्थी उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।




प्रतिक्रिया