सुकुमबासी बस्ती व्यवस्थापनमा सहयोग गर्न प्रहरीको अपिल


काठमाडौं । नेपाल प्रहरीले सुकुमबासी बस्ती व्यवस्थापनमा सहयोग गर्न अपिल गरेको छ।

शुक्रबार एक सूचना जारी गर्दै प्रहरीले सुकुमबास व्यवस्थापन प्रक्रिया सुरक्षित बसोबास र सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि भएको उल्लेख गरेको छ।

‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्वासी र भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ। तर, दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले तपाइँहरुको नाम र हक-अधिकारको दुरूपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्, जसको बारेमा तपाइहरू स्वयम् जानकार हुनुहुन्छ,’ प्रहरीले भनेको छ।

‘त्यस्ता व्यक्तिहरुको कारण वास्तविक सुकुम्वासीरभूमिहीनहरू अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ। जसले गर्दा वास्तविक सुकुम्वासीरभूमिहीनहरु सधैं अन्यायमा परिरहनु भएको छ र यो समस्या जहिले पनि ज्यूँ का त्यूँ रहि आएको छ। त्यसैले, तपाइँहरु आफैं सजग भई आफ्नो हक मिच्ने त्यस्ता नक्कली सुकुम्वासीरभूमिहीन व्यक्तिहरूको पहिचान गर्नुहोस्,’ प्रहरीले भनेको छ।