भोलि सर्वसम्मत रूपमा संसदीय दल नेता चयन हुन्छ :संयोजक स्नेही


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा संसदीय दल निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले भोलि साँझसम्म संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गरिने बताएका छन्।

संसदीय दल नेता सर्वसम्मत रूपमा चयन गर्न छलफल गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति र महामन्त्रीहरू रहेको समितिसमेत बनाइएको उनले बताए।

कांग्रेसले संसदीय दल नेता चयन प्रक्रिया आज तोकिएपनि स्थगित गरेको थियो।

कांग्रेसमा ३८ जना सांसद छन्।

पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, नेता मोहन आचार्य संसदीय दल नेताका दाबेदार छन्।