सुकुम्बासी मोर्चा: महासचिवसहित तीन जना पक्राउ


काठमाडौं । राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् ।

महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् ।

शुक्रबार नै प्रहरीले मोर्चाका कावा अध्यक्ष नारायण परिश्रमी भनिने नारायण परियार पनि पक्राउ परेका थिए । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले बताएको छ ।