गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर


काठमाडौं । सरकारले थापाथलीसँगै गैरीगाउँस्थित नदी किनारका सुकुमवासी बस्तीमा बनेका संरचना पनि हटाउन सुरु गरिएको छ ।

आज(शनिबार) बिहानबाट सरकारले काठमाडौंका मुख्य सुकुमवासी बस्ती खाली गराउन थालेको हो ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुमवासी बस्तीका संरचना हटाउन थालिएको हो ।

सरकारले सुकुमबासीहरुलाई बिहिबार नै ‘माइकिङ’ गरेर सामान हटाउन भनिएको थियो ।