रास्वपालाई लिङ्देनले भने-‘सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ बसिरहन सम्भव छैन, झर्नैपर्छ’


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले हालै सम्पन्न निर्वाचनमा पार्टीले तुलनात्मक रुपमा केही सिट गुमाए पनि आफ्नो एजेण्डाको आवश्यकता देशले महशुस गरिरहेको बताएका छन् ।

पार्टी केन्द्रीय सचिवालयले गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम अन्तर्गत तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले गणित गुमाएको तर राजनीति नहारेको बताएका हुन् ।

‘हालैको निर्वाचनमा रास्वपाको क्रमिक सुधार भन्दा पनि चमत्कारिक परिणाम आयो, अर्कोपटक यो भन्दा राम्रो पोजिसन दिनुपर्छ भन्ने ठाऊँ नै नराखी परिणाम दियो, सगरमाथाको चुचुरोमा पुगेपछि त्यहाँ बसिरहन पनि सम्भव छैन, त्यहाँभन्दा माथि जाने ठाउँ पनि छैन, झर्नैपर्छ,’ अध्यक्ष लिङ्देनले भने ।