भैरहवा । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक सय तीन जनालाई नियन्त्रणमा लिइएको छ । शनिबार बेलुका ७ देखि ९ बजेसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा विशेष स्वीप अप्रेसन सञ्चालन गरिएकोमा एक सय तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए ।
जसअन्तर्गत विभिन्न स्थानमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएका एक सय तीन जनाले शान्ति सुरक्षामा खलल पुर्याएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूको अपराधिक गतिविधि सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया