काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक भोली(सोमबार) बस्ने भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
ज्वालाका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने गरी प्रस्ताव आउन सक्नेछ ।
चुनावी समीक्षा र पार्टीको भावी योजनाबारे निर्णय लिन चैत १९ गते संयोजन समितिको बैठक बोलाइएको थियो । चैत २३ देखि २८ गतेसम्म संयोजक प्रचण्डले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरू लिखित र अलिखित धारणा राखेका थिए ।
वैशाख ३ गते बसेको बैठकमा बैठकमा उठेका प्रश्नको जवाफ संयोजक र सह–संयोजकले दिएका थिए । निर्णय प्रस्ताव ल्याउने जिम्मा प्रचण्ड र माधवलाई दिएपछि बैठक स्थगित भएको थियो । पार्टी नेतृत्वले ल्याएको प्रस्तावमाथि निर्णय प्रस्ताव अनुमोदन गरेपछि बैठक सकिने नेता ज्वालाले जानकारी दिए ।
‘




प्रतिक्रिया