बुटवल । सनिबार बिहानैदेखि काठमाडौँका मुख्य तीन स्थानका सुकुमबासी बस्तीमा सरकारले डोजर चलाएको छ । यसैबीच उच्च अदालत बुटवलको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका घर–टहरा पनि हटाउन डोजर चलाइएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले त्यहाँ रहेका टहरामा आज डोजर चलाएको हो ।
उपमहानगरपालिकाले हिजो साँझ माइकिङ गर्दै हटाउन सूचना जारी गरेपछि स्थानीयले आफैँ समान सारेका थिए । अहिले डुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।




प्रतिक्रिया