कांग्रेस संसदीय दलको नेता चयन भोली हुने


काठमाडौं । संसदीय दलको नेता चयन गर्न नसकेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको हो ।

बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।

उनका अनुसार कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे दलको कार्यालयमा सभापति थापाले सांसदहरूसँग छलफल गर्नेछ ।

सभापतिले प्रस्ताव गरेअनुसार संसदीय दलको विधानको धारा ५ अनुसार संसदीय दलको नेता चयन औपचारिक रूपमा अगाडि बढ्ने उनको भनाइ छ ।

उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा संसदीय दल नेता चयनका लागि सहमति जुटाउन छलफल भइरहेको छ। कांग्रेसमा ३८ जना सांसद छन्।

सहमतिमै दलको नेता चयन गर्ने भन्दै शुक्रबार तोकिएको निर्वाचन प्रक्रिया अन्तिममा आएर स्थगित गरिएको थियो ।