काठमाडौं । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूको हेरचाह गरिएको छ।
घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरूले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
शनिबार र आइतबार काठमाडौंका विभिन्न सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाएको छ भने सुकुम्बासीहरूलाई खाना र अस्थायी बसोबासको व्यवस्थापन मिलाइएको सरकारले जनाएको छ।






प्रतिक्रिया