काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति बैठक बोलाएको छ । आज समिति सचिव दिनेश थापा मगरले एक विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र ती उम्मेदवारका प्रस्तावक र समर्थक बनेका विरुद्ध परेको उजुरीबारे बैठकमा छलफल हुनेछ ।





प्रतिक्रिया