काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री चाँडै नेपाल भ्रमणमा आउने भएका छन् । विदेश सचिव मिस्रीले नेपाल आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वकाे सरकारलाई बधाई सन्देश दिइनेछ ।
बालेन नेतृत्वमा सरकार गठन भएपछि भारतबाट हुने यो पहिलो उच्चस्तरीय भ्रमण हुनेछ।
मिस्रीको नेपाल भ्रमणपछि प्रधानमन्त्री बालेनको भारत भ्रमणको विषय टुङ्गो लाग्ने बुझिएको छ ।
उनले भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरूसँग मन्त्रालयमा कुराकानी गर्दै छिट्टै नेपाल आउने योजना रहेको तर मिति भने अझै तय नभएको उनले बताए । साथै उनले नेपालका परराष्ट्रमन्त्रीसँग यसबारे निरन्तर छलफल भइरहेको बताएका छन्।




प्रतिक्रिया