काठमाडौँ । शनिबारदेखि सरकारले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन सुरु गरेको छ । सरकारले वास्तविक सुकुमबासीहरु पत्ता लगाएर स्थायी बसोबासको व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।
यसैबीच सरकारले दशरथ रंगशालामा सुकुमबासी बस्तीका मानिसहरुका लागि नागरिकता सहित नाम टिपाउन राखिएको सहायता डेस्कमा सुकुमबासी बस्तीमा बसेका बाहेकका अन्य मानिसहरु पनि नाम टिपाउन पुगेका छन् ।
‘काठमाडौँमा कोठामा बसोबास गरिरहेका तर कतै पनि घरजग्गा नभएको दाबी सहित केहि मान्छेहरू आएको एक कर्मचारीले बताए । उनका अनुसार आउनेहरुलाई सुकुमबासी होइन भन्ने मिल्ने स्थिति नरहेको कारण नाम टिपेको जानकारी दिए ।
सरकारले वास्तविक सुकुमबासी पहिचान र परीक्षण गर्ने भएकोले अहिले नाम टिप्दा समस्या नहुने उनको भनाइ छ ।




प्रतिक्रिया