काठमाडौं, वैशाख १४ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ३६ वर्ष पुरागरी आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा छोराका रूपमा वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आज जन्मदिन परेको छ ।
यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।’ शाह २०८२ चैत १३ गते ४३औँ प्रधानमन्त्रीमा नियुक्त बनेका हुन् । उनले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा भइसकेको छ।




प्रतिक्रिया