काभ्रेपलाञ्चोक । अवरुद्ध बिपी राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
१२ गते शनिबार राति रोशी खोलामा आएको बाढीले बिगारेको डाइभर्सन आइतबार प्रायः स्थानमा बनीसकेको भएपनि पुनः १३ गते आइतबार साँझको पानीले बनेका डाइभर्सन पनि बगाएपछि समस्या भएको हो ।
राजमार्गको चिउरीबास, नार्के र चार सय बेशीमा आइतबार बनेको डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानको डाइभर्सन निर्माण भए पनि आइतबार साँझको पानीले बिगारेको थियो । पुन आज (सोमबार) बिहानदेखि डाइभर्सन बनाउन सुरु गरिएको छ ।
प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आए क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी छ ।




प्रतिक्रिया