हेडसरलाई थर्काए जति सजिलो छैन मुलुक चलाउनः गोकुल बास्कोटा


काठमाडौं, वैशाख १४ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले स्कुल कलेजका सामुदायिक संगठन खारेज गर्ने तर हेडसरले स्वागत नगर्दा थर्काए जस्तो मुलुक चलाउन सजिलो नभएको बताएका छन् ।

सोमबार सामाजिक संजालमार्फत बास्कोटाले सक्ने भए सरकारी स्वीकृति बिना बिभिन्न दूतावास र आईएनजिओमार्फत सोझै स्थानीय तहलाई अनुदान दिन रोकेर बजेटरी प्रणालीमा आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘सरकारी स्वीकृति बिना विभिन्न दूतावास र आईएनजिओमार्फत सोझै स्थानीय तह, प्रदेश र एनजिओलाई अनुदान दिन रोकेर बजेटरी प्रणालीमा ल्यायो भने म धन्यवाद दिन्छु । प्रम बालेनमा त्यो डोजर चलाउने सामथ्र्य होला? स्कुल कलेजका सामुदायिक संगठन खारेज गर्ने तर हेडसरले स्वागत नगर्दा थर्काए जति सजिलो छैन।’