काठमाडौं, वैशाख १४ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
बैठकमा संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ । यस्तै, बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी तथा सचिवालयका विषयमा छलफल हुने छ ।




प्रतिक्रिया