मन्त्रिपरिषद् बैठक बस्दै,अध्यादेश ल्याउनेबारे छलफल हुने


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज(सोमबार) दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे नखुलाइए पनि सरकारका नियमित काम कारबाहीबारे छलफल हुने एक मन्त्रीले जानकारी दिए । उनका अनुसार सम्भव त संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनेबारे बैठकमा छलफल हुनेछ ।