काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले जारी छ । सिंहदबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
त्यसअघि बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने निर्णय गरेको छ। बैठकले प्रतिनिधि सभाको प्रमुख सचेतक थापा र सचेतक निश्कल राईलाई बनाउने निर्णय गरेको हो।
बैठकले भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो।
जारी बैठकमा नेता चयन सम्बन्धी प्रक्रियालाई अन्तिम रूप दिने र अनुमोदन गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया