काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उनले मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरे ।
प्रजातन्त्र आउनुभन्दा पहिले पनि केही मात्रामा स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल–कलेजहरू र अदालतको कम्पाउण्डलाई अहिले बन्द गरिएकोमा उनले आपत्ति जनाए ।
इतिहास नष्ट गरेर कुनैपनि पुस्ता अगाडि बढ्न नसक्ने उनको भनाइ छ । मधेसको समस्या काठमाडौँ आउनु पर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बाबजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उनले बताए ।
उनले भने ‘जसले गर्दाखेरि उ सबै क्षेत्रमा चाहे शिक्षा होस्, स्वास्थ्य होस्, बिस्तारै पछि पर्दै गएको छ । विकास अगाडि बढ्नुको साटो पछि परेको देखिन्छ । आज ती सबैलाई ब्याण्डक गरिएको छ, खारेज गरिएको छ । के यो देश फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको छ रु निजी क्षेत्रका व्यवसायीको घरमा आगो लगाउने, लुट्ने र विना स्पष्ट कारण गिरफ्तार गर्ने कार्य भइरहेको छ । यो सरकारले आफूलाई जेन–जी सरकार भन्छ, वास्तवमा जेन–जी के हो ? के हाम्रो जेनेरेसन खत्तम हो र अहिलेको मात्र सही हो ?’




प्रतिक्रिया