काठमाडौं । सुकुमवासी बस्तीमा डोजर चलेपछि अन्यौलमा परेकाहरू सरकारको सम्पर्कमा आउन थालेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएको संकलनमा संलग्न एक अधिकारीले बताए। ३ हजार ३ सय ६७ जना सदस्यले सुकुमवासीका रूपमा नाम दर्ता गराएको हो ।
दर्ता भएकामधये १५ सय हाराहारी बच्चाहरू छन्।
प्रधानमन्त्री बालेन शाहको निर्देशनमा थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुमवासीहरू सम्पर्कमा आउन थालेका हुन्।
आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ‘होल्डिङ सेन्टर’ मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।




प्रतिक्रिया